२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा भाेलिदेखि ‘नाडा प्रजेन्ट्स वाडा अटो साे २०२६’, ४५ हजार दर्शक भित्र्याउने लक्ष्य



अ+ अ-

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल को प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) ले ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार आगामी चैत ११ गते (भाेलि) देखि १५ गतेसम्म पोखरा को लेकसाइडस्थित ताल बराही चोक नजिकको खेल मैदानमा अटो शो सञ्चालन हुनेछ। पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको भन्दै दोस्रो संस्करणलाई अझ व्यवस्थित र आकर्षक बनाइने जनाइएको छ।

प्रदेशकै ठूलो अटो प्रदर्शनीका रूपमा आयोजना हुन लागेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ भने व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज ले गर्नेछ।

कार्यक्रममा विभिन्न क्षेत्रका साझेदार संस्थाहरू पनि जोडिएका छन्। ‘पावर्ड बाई’ मा राइड इनर्जी, इन्स्योरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ पार्टनरमा खल्ती, क्यूआर पार्टनरमा युनियन पे लगायत अन्य संस्थाहरूको सहकार्य रहनेछ।

आयोजकका अनुसार अटो शोले सवारी साधन खरिद–बिक्रीका साथै नवीन प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ। बढ्दो बजार माग, अटो व्यवसायको प्रवर्द्धन तथा नेपालमै उत्पादनको सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। साथै, यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।

प्रदर्शनीमा १६ ब्रान्डका चारपाङ्ग्रे, ६ ब्रान्डका लाइट कमर्शियल, १० ब्रान्डका दुईपाङ्ग्रे र एक हेभी कमर्शियल सवारीसाधनसहित लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण तथा वित्तीय संस्थाका करिब २० स्टल रहनेछन्।

यस संस्करणको विशेष आकर्षणका रूपमा ‘भिन्टेज कार शो’ आयोजना गरिनेछ, जसबाट नेपालमा प्रयोग भएका पुराना ऐतिहासिक कारबारे जानकारी गराइनेछ। साथै अत्याधुनिक प्रविधि प्रदर्शनअन्तर्गत युनिट्रि जी–वान ह्युमानोइड रोबोट, युनिट्रि गो–टु लगायतका रोबोट पनि प्रदर्शनीमा राखिने जनाइएको छ।

पाँच दिनसम्म सञ्चालन हुने अटो शोमा करिब ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। टिकट खरिदमा विशेष सुविधा पनि राखिएको छ। खल्ती एपमार्फत टिकट लिँदा दैनिक पहिलो १०० जनाले साधारण टिकटमा ५० प्रतिशत र विद्यार्थी टिकटमा १०० प्रतिशत क्यासब्याक पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।