२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्बाको घुँडाको सफल शल्यक्रिया



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ।

उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।

उनका अनुसार खाडी क्षेत्रमा हालको असामान्य अवस्थाका कारण कतार र एस्पेटार पुग्न कठिन भएपछि विशेषज्ञको सुझावमा न्युजिल्यान्डमै उपचार गरिएको हो। शल्यक्रियापछि अब पुनर्स्थापनाको काम  डाक्टरको निगरानीमा भोलिदेखि सुरु हुने उनले बताइन्। अवस्था सामान्य हुने बित्तिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनको भनाइ छ।

यस पीडाको समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, आफ्नो क्लब वेलिंगटन फिनिक्स तथा व्यवस्थापन टोलीप्रति उनले आभार व्यक्त गरेकी छन्।

भण्डारीले समर्थकहरूको माया र साथलाई ऊर्जा मान्दै अब आफ्नो सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने बताएकी छन्।