अ
अ+
अ-
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका छन्।

चैत्र १० गते भएको उक्त टेलिफोन संवादमा गोरले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताप्रति बधाई व्यक्त गरेका हुन्। उनले लोकतान्त्रिक प्रक्रियामा नेपाली जनताको सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयलाई सकारात्मक रूपमा लिएको बताए।
संवादका क्रममा अमेरिकी पक्षले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेको छ। विशेष दूत गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै द्विपक्षीय आर्थिक साझेदारी विस्तार गर्न तथा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउनेतर्फ उत्सुक रहेको बताएका छन्।
न्यूजपोलार
११ चैत्र २०८२, बुधबार ११:४८
न्यूजपोलार
११ चैत्र २०८२, बुधबार ११:४८
११ चैत्र २०८२, बुधबार ११:४८











