२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकबाटै सरकार चलाउने उज्यालो नेपाल पार्टीको घोषणा



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीले मुलुकलाई समृद्धिको बाटोमा लैजान सडकबाटै आम जनताको सरकार सञ्चालन गर्ने बताएको छ।

बुधवार काठमाडौंमा आयोजित वागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष घिसिङले राष्ट्रियता, समृद्धि र विद्यमान समस्याको समाधानका लागि आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्  । उनले सरकारलाई निरन्तर खबरदारी गर्दै राम्रा कामको समर्थन र खराब कामको विरोध गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अध्यक्ष घिसिङका अनुसार उज्यालो नेपाल पार्टी जनताको घरदैलोमा पुग्ने तयारीमा छ। सातै प्रदेशमा अगुवा भेला आयोजना गर्ने, त्यसपछि जिल्ला, पालिका हुँदै वडा तहसम्म संगठन विस्तार गर्ने योजना पार्टीले बनाएको उनले जानकारी दिए।

उनले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई सशक्त शक्तिका रूपमा स्थापित गर्ने दाबी गर्दै जनताको बीचमा पुगेर संगठन मजबुत बनाउने अभियान अघि बढाइने बताए ।

कार्यक्रममा अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा पर्याप्त समय अभावका कारण पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष समेत प्रस्तुत गरे ।




भर्खरै