२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहितः निर्वाचन आयोग



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ ।

बुधवार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त निर्वाचन ऐतिहासिक रूपमा सफल भएको उल्लेख गरे । उनका अनुसार कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएकोले यो निर्वाचन विगतका भन्दा फरक र उदाहरणीय बनेको हो ।

उनले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भएको बताउँदै त्यसप्रति प्रशंसा व्यक्त गरे । विगतका निर्वाचनमा आचारसंहिता उल्लङ्घन, उम्मेदवारको योग्यता, सुरक्षा व्यवस्थालगायत विषयमा विवाद देखिने गरे पनि यसपटक त्यस्ता समस्या नदेखिएको उनको भनाइ थियो ।

भण्डारीले अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले समेत निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै उच्च मूल्याङ्कन गरेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए। साथै, जेन–जी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उहाँले उल्लेख गरे।

उनले सबै सरोकारवालाको सहकार्य र जिम्मेवार भूमिकाका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरे।




भर्खरै