२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिवेदनमा दोहोरो मापदण्ड: २३ गते ‘अनावश्यक सक्रिय’, २४ गते ‘निष्क्रिय’



फाईल फोटो
अ+ अ-

काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन तथा हिंसात्मक घटना,आगजनीमा सुरक्षा निकायको भूमिकामाथि कार्की आयोगले गम्भीर टिप्पणी गरेको छ।

जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको गौरी बहादुर कार्कीको आयोगको प्रतिवेदन अनुसार  भदौ २३ गते तुलनात्मक रूपमा सक्रिय देखिएका सुरक्षा निकायहरू २४ गते भने निष्क्रिय अवस्थामा पुगेकाले क्षति झन् बढ्न पुगेको ठहर गरिएको छ।

आयोगले गरेको विस्तृत छानबिन, सम्बन्धित अधिकारीहरूको बयान, कागजात, स्थलगत निरीक्षण तथा सरोकारवालासँगको छलफलका आधारमा तयार प्रतिवेदनले सुरक्षात्मक संयन्त्रमा समन्वयको अभाव, निर्णय प्रक्रियामा ढिलाइ र कार्यान्वयनमा कमजोरी रहेको औंल्याएको छ।

भदौ २३ गते माइतीघरबाट सुरु भएको आन्दोलन प्रारम्भमा शान्तिपूर्ण रहे पनि बानेश्वर क्षेत्रमा पुग्दा अवस्था क्रमश: जटिल बन्दै गएको थियो। उक्त दिन सुरक्षाकर्मीले भीड व्यवस्थापनमा सक्रियता देखाए पनि पर्याप्त पूर्वतयारी र जोखिम विश्लेषण अभावका कारण स्थिति नियन्त्रणमा राख्न कठिन भएको उल्लेख छ । तर भदौ २४ गते स्थिति झन् विस्फोटक बनेको बेला सुरक्षा निकायको सक्रियता कमजोर देखिएको आयोगको ठहर छ ।

सिंहदरबार, शीतल निवास, संघीय संसद भवन तथा अन्य संवेदनशील स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा सुरक्षाकर्मीले अपेक्षित प्रतिरोध गर्न नसकेको भन्दै आयोगले आलोचना गरेको छ। अर्कोतर्फ, सुरक्षाको अन्तिम तहमा रहेको नेपाली सेनाले खेलेको भूमिकाबारे त्यसमा कुनै उल्लेख गरिएको छैन ।

आयोगले सुरक्षाकर्मीको कार्यसम्पादनमा समानुपातिकता र न्यूनतम बल प्रयोगको सिद्धान्त पालना हुन नसकेको, कतै अत्यधिक बल प्रयोग, कतै पूर्ण निष्क्रियता देखिएको औंल्याएको छ । माइतीघर, बबरमहलमा शान्तिपूर्ण रहेको जुलुुस बानेश्वर पुगेपछि एकाएक अशान्ति किन रु २४ गतेको आगजनी, लुटपाटमा संलग्नहरुबारे मौन देखिएको रिपोर्ट त्यसबीचमा सामाजिक सञ्जालमा राजनीतिक मार्ग प्रशस्त तुल्याउन लेख्नेहरुप्रति कुनै संकेतसमेत गरेको छैन ।




भर्खरै