२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल



फाइल फोटो
अ+ अ-

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ ।

दुई नेताबिचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “मध्यपूर्वको अवस्थाबारे म र अमेरिकी राष्ट्रपति ट्रम्पबीच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको छ ।”

उहाँले लेख्नुभएको छ, “भारत तनाव कम गर्ने र शान्ति बहालीको पक्षमा छ । ‘स्ट्रेट अफ हर्मुज’ खुला, सुरक्षित र पहुँचयोग्य रहेको सुनिश्चित गर्नु सम्पूर्ण विश्वको लागि आवश्यक छ। शान्ति र स्थायित्वका लागि गरिने प्रयासमा सम्पर्कमा रहन हामी सहमत भएका छौँ ।”

यसअघि भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले दुई नेताबीच मङ्गलबार भएको टेलिफोन कुराकानीको पुष्टि गर्दै भन्नुभएको थियो, “दुई नेता (प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प) बिच मध्यपूर्वमा जारी अवस्था, ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्ने महत्त्वका बारेमा छलफल गरेका छन्।”

मोदीले २१ मार्चमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग क्षेत्रीय घटनाक्रमबारे पनि कुरा गर्नुभएको थियो । उहाँले नौवहनको स्वतन्त्रताको रक्षा गर्ने र ढुवानी मार्गहरू खुला र सुरक्षित रहने सुनिश्चित गर्ने महत्त्वलाई दोहोर्याउनुभयो । (रासस/सिन्ह्वा)