५ असार २०८३, शुक्रबार
,
Latest
बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु



अ+ अ-

नुवाकोट। नुुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ ।

योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर माथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो ।

सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा उद्धार गरिएको थियो ।

पहिरोमा परेर स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि उद्धार गरेको हो ।

शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।  रासस