२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी



तस्बिर : एएफपी
अ+ अ-

काठमाडाैँ । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो । इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

सेनाले यस अघि इरानबाट मिसाइल आक्रमण हुने घोषणा गरेको १४ घण्टा पछि यो आक्रमण भएको जनाइएको छ । इजरायलमा लेबनानबाट रातारात आक्रमण भएको थियो, जहाँ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध आक्रमण गरेको दाबी गरेको थियो ।