२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ ।

तत्काल ठोस कार्यहरु गर्न नसकेमा भोकमरीलाई शुन्यमा झार्ने दिगो विकास लक्ष्य पुरा गर्न गाह्रो हुने पनि संगठनले चिन्ता व्यक्त गरेको छ ।
संगठनका महानिर्देशक क्यु डोङ्युले भन्नुभयो, “सन् २०३० सम्ममा पुरा गर्नु पर्ने लक्ष्य पुरा गर्नका लागि हामीसँग अव दश बर्ष मात्रै बाँकी छ, यही तरिकाले हामीले लक्ष्य पुरा गर्नसक्दैनौ ।”

“मानवीय शक्ति र प्राकृतिक श्रोतसाधनका हिसावले अफ्रिका हाम्रो भविष्य हो, एसिया भन्दा यो धेरै सामर्थ र सम्भावना भएको क्षेत्र हो,” उहाँले भन्नुभयो ।

अफ्रिकी देशहरुमा भोकमरी बढ्दै गएमा पूर्वी देशहरुलाई घातक हुने र चुनौती थपिने गम्भीर चेतावनी पनि उहाँले दिनुभयो ।
विश्वका दुई अर्ब मानिस खाद्य असुरक्षाको जोखिममा रहेका र ती मध्ये अफ्रिकामा मात्रै ६० करोड ७६ लाख मानिस भोकमरी र कुपोषणको खतरामा रहेका राष्ट्रसंघीय निकायहरुले गत जुलाईमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।