२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झारखण्डको पन्ध निर्वाचन क्षेत्रमा आज निर्वाचन



अ+ अ-

भारत । भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

निर्वाचन आयोगकाअनुसार झारखण्ड प्रान्त अन्तर्गत पर्ने देओघार, गिरीडीघ, बोकारो र धनवाद जिल्लामा मतदान भइरहेको छ ।
ती जिल्लाका मधुपुर, देओघार, बागोडार, जमुना, गाण्डेय, गिरिडिह, डुम्री, बोकारो, चन्डान्कीयारी, सिन्द्री, निर्सा, धनवाद, झरिया, तुन्डी र बाघमारा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको आयोगले जनाएको छ ।

यस अघि झारखण्डमा तेस्रो चरणको निर्वाचन गत डिसेम्बर १२ तारिख भएको थियो । उक्त समयमा आठ जिल्लाका १७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्मन्न भएको थियो ।
त्यसैगरी दोस्रो चरणको निर्वाचन गत ७ मा भएको थियो । पहिलो चरणको निर्वाचन नोभेम्बर ३० तारिखका दिन भएको थियो ।
पाँचौ तथा अन्तिम चरणको निर्वाचन यही डिसेम्बर २० तारिखका दिनमा हुने निर्वाचन आयोगले घोषणा गरेको छ ।