२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने- मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन् । रासस




भर्खरै