२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।

'उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी  तिर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् । विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ । 

विष्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोटले इलाकामा आतङ्क मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।