२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेती तथा बङ्गुरपालनमा रमाइरहेकी मनिषा



अ+ अ-

काठमाडौं । कैलाली उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरीले कृषि कर्मबाट सुरु गरेको दुई वर्ष भयो । व्यावसायिक रुपमा तरकारीखेती तथा बङ्गुरपालन गर्दै आउनुभएकी चौधरी यसैमा रमाइरहेकी छन्।

एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती र बङ्गुरपालन सुरु गरेका उनले अहिले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी गरेकी  सिजनअनुसारका तरकारी लगाउने गरेको तथा बाह्रै महिना तरकारी उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।

उनले भने, “तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ । हाल दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुन्छ ।”

उनले तरकारी बजारमा सहजै बिक्री हुने तथा बारीबाटै पनि बिक्री हुने बताइन् । चौधरीले पछिल्लो समय बङ्गुरपालनबाट पनि राम्रै आम्दानी हुन थालेको बताइन् ।

उनले ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरिरहेकी  छन्।

उनले भनिन्, “दुई वर्षअघि एउटा बङ्गुरबाट व्यवसाय सुरु गरेकी थिए । अहिले बङ्गुर बढ्दै गएका छन् । अहिले खोरमा माउ र भाले गरी १९ वटा ठूला बङ्गुर तथा ३० वटा पाठापाठी छन् ।”

उनका अनुसार प्रतिपाठापाठी रु पाँच हजारदेखि छ हजारका दरले बिक्री हुन्छन् । ठूला बङ्गुर प्रतिकिलो रु ३२० का दरले बिक्री हुन्छन् । उनले डिउरो, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गर्दै आएको बताइन्  । उनको सात जनाको परिवार छ । यसैबाट भएको आम्दानीले सबै घरखर्च चलेको उनले सुनाइन् ।