२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रदर्शनमा पक्राउ परेका एक व्यक्ति बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलासा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक व्यक्ति फरार प्रतिवादी रहेको खुलेको छ।

शनिबार काठमाडौँको बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिइएका विमल धमला बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार धमला दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेको पाइएको हो।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा धमलाले बबरमहलमा पार्क गरिएको एक निजी स्कोर्पियो गाडीमा तोडफोड गर्ने प्रयास गरेका थिए। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

उनीमाथि आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ। सोही प्रदर्शनका क्रममा पक्राउ परेका अन्य ६ जनालाई भने सोधपुछपछि रिहा गरिएको छ।