२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीर्घकालीन अन्तरिक्ष यात्राका लागि चीनको वैज्ञानिक योजना



अ+ अ-

काठमाडाैँ । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मानव स्वास्थ्यसम्बन्धी अनुसन्धान कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी का अनुसार, आगामी अप्रिल १ देखि प्रस्ताव आह्वान गरिनेछ । यो कार्यक्रम दीर्घकालीन अन्तरिक्ष यात्रा तथा भविष्यका चन्द्रमा अवतरण अभियानका क्रममा मानव स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

यसमार्फत अन्तरिक्ष मानव एटलस निर्माण, अनुसन्धान डेटाबेस स्थापना तथा नयाँ वैज्ञानिक उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ । चीनको तियानगोङ अन्तरिक्ष स्टेशन (स्वर्गीय दरबार) मा यस्ता अन्तरिक्ष चिकित्सा अनुसन्धानहरू महत्वपूर्ण मानिन्छन् । सन् २०२३ जुनदेखि प्रस्ताव संकलन सुरु गरिएकोमा हालसम्म ३८७ परियोजना प्राप्त भइसकेका छन्, जसमध्ये ५३ परियोजना कार्यान्वयनमा गएका छन् । चीनले सन् २०३० सम्म मानवसहित चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ ।

यसै वर्ष तियानगोङमा दुई समूहका अन्तरिक्षयात्री पठाइनेछन्, जसमा एक जनाले एक वर्षभन्दा बढी समय कक्षामा बस्ने योजना छ । अनुसन्धानकत्र्री ली यिङहुई का अनुसार, चीनले अन्तरिक्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ ।

यसमा अन्तरिक्षमा अंग–चिप तथा कृत्रिम रक्तनलीसम्बन्धी अनुसन्धान समावेश छन्, जसले मुटु स्वास्थ्य, स्नायु प्रणाली, बुढ्यौली तथा औषधि विकासमा सहयोग पु¥याएको छ । यो अनुसन्धानले अन्तरिक्षयात्रीहरूको मात्र नभई पृथ्वीमा रहेका सर्वसाधारणको स्वास्थ्य सुधारमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।