२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्राउको विरोधमा सडकमा उत्रिएको धनुषा एमाले



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको भन्दै एमाले धनुषाले विरोध जनाएको छ ।
एमाले धनुषाले राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगका आधारमा गरिएको यस्तो कार्यले लोकतन्त्र, विधिको शासन तथा संविधानप्रदत्त मौलिक हक–अधिकारमाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाएको हो ।

ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषामा विरोध पत्र समेत बुझाएको छ । विरोध पत्र बुझाउँदै एमाले धनुषाले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटना सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेको छ ।

विरोध पत्रमा राजनीतिक असहमति वा फरक विचारका आधारमा राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने भनिएको छ । कुनैपनि नेतामाथि गरिने कारबाही कानूनी प्रक्रिया, पारदर्शिता र निष्पक्षताको आधारमा हुनुपर्नेमा विरोध पत्रमा उल्लेख गरिएको छ ।

यसअघि एमाले धनुषाले ओलीको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गर्दै नारावाजी समेत गरेको थियो ।