२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल नाकाबन्दीबीच क्युबातर्फ रुसी ट्याङ्कर प्रस्थान



अ+ अ-

काठमाडाैँ । अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा तेल बोकेको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको छ । करिब सात लाख ३० हजार ब्यारेल तेल बोकेको उक्त ट्याङ्कर आइतबार साँझ क्युबाको समुद्री सीमाबाट केही माइल टाढा पुगेको थियो ।

उक्त जहाज सोमबार रातिसम्म मातान्जास बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ । अमेरिकी तटरक्षकसँग सो क्षेत्रमा ट्याङ्कर रोक्न सक्ने दुई जहाज भए पनि हस्तक्षेप गर्न आदेश दिइएको थिएन । उक्त ट्याङ्कर क्युबा पुगेपछि त्यहाँको चर्किंदो ऊर्जा सङ्कट केही हप्तासम्म कम हुन सक्ने अनुमान गरिएको छ । जनवरीदेखि अमेरिकी प्रशासनले क्युबामाथि थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र बारम्बार सैन्य चेतावनी पनि दिएको छ ।

अमेरिकाले क्युबामा शासन परिवर्तनको प्रयासबारे पनि विचार गरिरहेको बताइएको छ । यसैबिच, रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युबालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले क्युबाको सार्वभौमिकतामा हस्तक्षेप गर्ने प्रयासको कडा विरोध पनि गरेको छ ।