२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्यलाई सम्पती विवरण बुझाउन संसद सचिवालयको निर्देशन, विवरण गोप्य राखिने



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई निर्धारित समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयले आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न औपचारिक सूचना जारी गरेको हो ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा सदस्यहरूले आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ सम्मको अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए।

प्रतिनिधि सभा सदस्यहरूले चैत १२ गते शपथ लिएकाले सोही मितिबाट गणना हुने गरी ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्नेछ । विवरण सचिवालयमा खामबन्दी गरी गोप्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता गिरीले बताए ।

उहाँका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । सचिवालयले सांसदहरूले बुझाएको सम्पत्ति विवरण पूर्ण रूपमा गोप्य रहने स्पष्ट पारेको छ । अदालतको आदेशबाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नगरिने र दुरुपयोग नहुने पनि सचिवालयको दाबी छ ।

यसअघि सचिवालयले राष्ट्रिय सभा सदस्यहरूलाई पनि सम्पत्ति विवरण बुझाउन सूचना जारी गरिसकेको जनाएको छ ।




भर्खरै