२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा सन्यै कमान्डरको हत्या भएको इरानको पुष्टि



अ+ अ-

काठमाडाैँ । इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको बताएको छ । सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्गसिरीको मृत्यु भएको घोषणा गर्दै उहाँलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गर्नु भएको छ । हाल इरानले प्रमुख जलमार्गमा नाकाबंदी लगाएको छ भने नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ । तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सन्यै कमान्डरको मृत्युु भएको जनाइएको छ ।

उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ । यस अघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन, र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जन भन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएको बताइएको छ । ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिवद्वता गरेको जनाइएको छ ।

उनलाई खमेनीले सन् २०१८ मा सेना नेतृत्व गर्न नियुक्त गर्नु भएको थियो जसको कार्य इरानलाई आन्तरिक वा बाह्य खतराहरूबाट जोगाउनु हो । इजरायल र संयुक्त राज्य अमेरिकाले शीर्ष अधिकारीहरूको हत्या गरेर इरानलाई ठुलो झट्का दिएको बताएका छन् ।