२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल



अ+ अ-
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व तथा व्यावसायिक सुरक्षा अनिवार्य रहेको बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत हुने निर्वाचनका लागि वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए। उनले आफू विगतमा विभिन्न पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशस्तरमा समेत सर्वसम्मत नेतृत्वको अभ्यास सुरु भइसकेको जानकारी गराए।

आफ्नो कार्यकालका उपलब्धिहरू उल्लेख गर्दै उनले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ लाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे। उनका अनुसार वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै उक्त रणनीतिक योजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

निर्वाचनमा सहभागी उम्मेदवारहरूलाई लक्षित गर्दै उनले अर्काको आलोचना गरेर भन्दा आफ्ना एजेण्डा र क्षमताका आधारमा मत माग्न सुझाव दिए। नेतृत्व प्राप्तिका लागि इमान्दार प्रयास र पवित्र भावना आवश्यक रहने उल्लेख गर्दै उनले कर्म गरेपछि फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले कुनै ठूलो व्यावसायिक पृष्ठभूमि नभए पनि कडा मेहनत र इमान्दारिताकै कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको अनुभव सुनाए। साथै, एक प्रदेशमा मात्रै सर्वसम्मत नेतृत्व घोषणा हुन बाँकी रहेको जानकारी दिँदै यसलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा नहेरी रोजगारी सिर्जना, अर्थतन्त्रमा योगदान र राजश्व संकलनमा यसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्नुपर्ने बताए। उनका अनुसार निजी क्षेत्रले देशमा ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने, करिब ८० प्रतिशत जीडीपीमा योगदान दिने र प्रमुख राजश्व स्रोतका रूपमा काम गरिरहेको छ।

महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकतावद्ध रूपमा अघि बढ्न उनले पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरे। साथै, आगामी दिनमा निजी क्षेत्रका समस्याहरू समाधान गर्न र व्यावसायिक गतिविधि विस्तार गर्न महासंघ सधैं सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।




भर्खरै