२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भव्य भवन, खाली कक्षा



अ+ अ-

काठमाडौं । विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान, उज्याला र चम्किला कक्षाकोठा साथमा आधुनिक बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह। राणा शासनको सुरुमै १६६ वर्षअघि खुलेको दरबार हाइस्कुलको अहिलेको भौतिक अवस्था हो यो। नेपालमा आधुनिक शिक्षाको सूत्रपात गर्ने यो स्कुलमा त्यतिबेला राजपरिवार र राणाका सन्तान मात्र प्रवेश पाउँथे। बिस्तारै जनताका छोराछोरीले पनि पढ्न पाए।

२०२४ सालमा भानु माविमा परिवर्तन भएको यो स्कुलको राणाकालीन भवन २०७२ सालको भूकम्पले भत्कायो। अहिले विद्यालयको भवन भव्य बनेको छ। दरबार हाइस्कुलको सुविधायुक्त वातावरणमा पढ्न र पढाउन पाउने भएपछि विद्यार्थी र शिक्षक खुसी छन्। तर, विद्यार्थी कसरी जम्मा गर्ने भन्ने समस्या छ। भवनमा भानु र संस्कृत माविका विद्यार्थी पढ्छन्। दुवै विद्यालयमा मुस्किलले तीन सय ५० विद्यार्थी छन्। थोरै मात्र नियमित स्कुल आउँछन्। पढाइमा देखिएको बेवास्ता र फितलो व्यवस्थापनका कारण विद्यार्थी घट्ने क्रम बढ्दो छ।

भवनमा साना ठूला ४६ वटा कोठा छन्। हरेक कोठामा ४५ जनासम्म विद्यार्थी अट्ने क्षमता छ। ‘अहिलेकै अवस्थामा दुवै विद्यालयका विद्यार्थी राख्ने हो भने पनि भवनभित्रै हराउने अवस्था छ’, एक साताअघि मात्र संस्कृत माविबाट सेवा निवृत्त पूर्वप्रधानाध्यापक बद्री दाहालले भने, ‘नयाँ योजना नबनाउने हो भने विद्यार्थी अभाव देखिन्छ। तर सबै सक्रिय भएर लाग्ने हो भने विद्यार्थी खोज्न कठिन छैन।’ पुरानो रूपको तर भित्री भागमा पूरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको छ। भवन ८० करोड रुपैयाँ लागतमा चीन सरकारले बनाइदिएको हो।

विद्यार्थी अभाव हुने भएपछि नयाँ भवनको व्यवस्थापन कसरी गर्ने भन्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि अलमल्लमा छ। ‘रानीपोखरी वरपरका अन्य सामुदायिक विद्यालयलाई यही स्कुलमा गाभेर पढाउँदा राम्रो हुन्छ’, शिक्षाकै एक अधिकारीले भने, ‘यसको विरासत कायमै राख्न उपत्यकामा विज्ञान विषयको मात्र पढाइ हुने विद्यालयका रूपमा विकास गर्न पनि सकिन्छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट