काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ले ६० जना ज्येष्ठ नागरिक तथा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ ।
सामाजिक विकासमा उनीहरूले गरेको योगदानको कदरस्वरुप वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको जनाएको छ ।
त्यस अवसरमा वडाअध्यक्ष मोतिजङ्ग रायमाझीले आफ्नो ज्ञान, सीप र संस्कारबाट समाजलाई मार्गदर्शन गरेको कदरस्वरुप उनीहरुलाई सम्मान गरिएको बताए ।
कार्यक्रमा उक्त वडाका ६० जना ज्येष्ठ नागरिक र ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई आज नगद रु एक हजारसहित खादा ओढाएर सम्मान गरिएको हो ।












