२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

 सार्वजनिक निकायमा स्वच्छ नियुक्ति प्रणाली आवश्यक छ: रवि लामिछाने



रबि लामिछाने
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सार्वजनिक तथा संवैधानिक निकायहरूमा स्वच्छ, पारदर्शी र प्रतिस्पर्धात्मक नियुक्ति प्रणाली लागू गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै उनले सरकारले नीति, कानून, मापदण्ड र स्थापित मान्यताका आधारमा नियुक्ति प्रक्रिया सुधार गर्ने दिशामा काम गरिरहेको दाबी गरे। उनले विगतमा राजनीतिक प्रभावका आधारमा नियुक्त भएका सार्वजनिक निकायका पदाधिकारीहरूलाई स्वेच्छाले पद छाडेर नयाँ प्रणालीका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।

सभापति लामिछानेले सरकारले नयाँ ढंगले नियुक्ति प्रणालीलाई संस्थागत गर्न चाहेको उल्लेख गर्दै पारदर्शिता र प्रतिस्पर्धात्मकताको आधारमा मात्र योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए।

उनले न्याय पाउने पहिलो हक जेन–जी पुस्ताकी एक आमालाई भएको उल्लेख गर्दै त्यसलाई राजनीतिक प्रतिशोधको रूपमा नबुझ्न प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

यसैबिच उनले सार्वजनिक निकायहरूको सुधार, विश्वास पुनःस्थापना र प्रणालीगत रूपान्तरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको धारणा पनि व्यक्त गरे।