२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा सनराइजर्स विजयी



अ+ अ-

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (एनपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ।

विहिबार राति सम्पन्न खेलमा सनराइजर्सले कोलकोतालाई ६५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २२७ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो ।

कोलकाता नाइट राइडर्सको लागि अंगकृश रघुवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान अजिन्क्य रहाणे ८ रनमा पेभेलियन फर्किदा अर्का ओपनर फिन एलेनले २८ रन बनाए। रिंकु सिंहले ३५, रमनदिप सिंहले १० र सुनिल नरेनले १२ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकातालाई सस्तैमा रोक्न हैदराबादका बलर जयदेव उनादकटले ३ विकेट लिए। इशान मलिंगा र नितेश कुमार रेड्डीले समान २-२ विकेट लिँदा हर्ष दुबेले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै २२६ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले ५२ रन बनाए भने अभिषेक शर्माले ४८, ट्राभिस हेडले ४६ र नितिश कुमार रेड्डीले ३९ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका कारण ब्लेसिङ मुजाराबानीले ४ विकेट लिएका थिए । वैभव अरोराले २ विकेट लिँदा कार्तिक त्यागी र अनुकूल रोयले १-१ विकेट लिए।

सनराइजर्सको यो दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै कोलकोताले भने लगातार दोस्रो हार बेहोरेको छ ।