२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना



अ+ अ-

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उहाँले पूजाअर्चना गर्नुभएको हो । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिनुभयो ।




भर्खरै