२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै



अ+ अ-

कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि दरबन्दी मिलानको तयारी:देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ । कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको हो ।

सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ । १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने उनको भनाइ छ । ‘एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेछ,’ मन्त्री पोखरेलले भने ।

कार्यदलको सुझाबअनुसार दरबन्दी मिलान: दरबन्दी मिलानसम्बन्धी सुझाब पेस गर्न सरकारले पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल बनाएको थियो । शर्मा संयोजक रहेको कार्यदलको प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा पुनर्वितरण गर्न लागेको हो । कार्यदलले २९ भदौ ०७५ मा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको सुझाबलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो । अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६ छ ।

निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार दुई सय ४४, मावितर्फको दरबन्दी १२ हजार सात सय २५ छ । साबिकको उच्च माध्यमिकतर्फको दरबन्दी दुई हजार छ । प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार आठ सय ७१, निम्न मावितर्फ राहत अनुदान कोटा नौ हजार ६ सय नौ, माध्यमिकतर्फ राहत अनुदान कोटा ६ हजार आठ सय ९८ र साबिकको उच्च मावितर्फ राहत अनुदान कोटा चार हजारभित्रै रहेर स्थानीय तहमा तहगत रूपमा शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गर्न लागिएको हो ।

असमान छ शिक्षक–विद्यार्थी अनुपात: विभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाअनुसार विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा उपत्यकामा ४० हुनुपर्छ । हिमाली जिल्लामध्ये प्राविमा सबैभन्दा न्यूनतम मनाङ र अधिकतम कालिकोटमा छ । सो तहमा मनाङको शिक्षक विद्यार्थी अनुपात ३.७ र कालिकोटमा ४९.७ छ ।

पहाडी जिल्लामा अनुपात कम पर्वतमा ११.९ र उपत्यकामा भक्तपुरमा १३.९ छ । तराईमा झापामा शिक्षक विद्यार्थी अनुपात २९.७ र अधिकतम सर्लाहीमा ७६.५ छ । माध्यमिक तहमा शिक्षक विद्यार्थी अनुपात सबैभन्दा कम मनाङमा ५.९ र सबैभन्दा बढी कैलालीमा ८३.३ छ ।

तीन हजार विद्यालयमा दरबन्दी शून्य:देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य र कतै अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिँदै आएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार गरेको तथ्यांकअनुसार कक्षा एक देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको छ ।

आधारभूत तह (कक्षा १–८) सम्म पढाइ हुने दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ दरबन्दी शून्य छ ।

स्थानीय तहमै असमान वितरण:एउटै जिल्लाका स्थानीय तहभित्रका विद्यालयमा पनि विद्यार्थी शिक्षक अनुपात निकै असमान पाइएको छ । कार्यदलका संयोजक तथा पूर्वसचिव महाश्रम शर्माका अनुसार प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपातमा कपिलवस्तुमा औसत ६४ छ, तर सोही जिल्लाको बाणगंगा नगरपालिकामा २५ र विजयनगर गाउँपालिकामा १२६ छ ।

कैलाली जिल्लाको प्रावि तहमा शिक्षक विद्यार्थी अनुपात ५१ छ । तर, सोही जिल्लाको बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकामा ७८ भने कैलारीमा ३१ मात्र छ । प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपात १७ रहेको सल्यान जिल्लामा बनगाड कुपिण्डे नगरपालिकामा ८७ छ । कार्यदलको प्रतिवेदनअनुसार विद्यार्थी संख्याका आधारमा १९ जिल्लामा शिक्षक संख्या बढी रहेको पाइएको छ । नयाँ पत्रिका दैनिकबाट