२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडाैँ । पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो । यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने उल्लेख छ ।

यो व्यवस्था अनुसार हालसम्म यो ऐन हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाले राससलाई जानकारी दिए। यो ऐन देशका सबै सहरमा लागू नहुँदा जनस्वास्थ्यमा यसको प्रभाव परेको पनि उनले बताए । ऐनमा कार्यान्वयन गर्ने निकाय नरहेको र पशु सेवा विभागमा पनि ऐन कार्यान्वयनको एकाई गठन नभएकाले यस्तो अवस्था आएको प्रमुख पशु चिकित्सक रानाले बताए ।

ऐन लागू नहुँदा खाद्य स्वच्छतामा प्रभाव पर्ने गरे पनि कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । हाल मासु जाँच गर्न सक्ने प्राविधिक कर्मचारी पर्याप्त नभएकाले यसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्नेतर्फ सरोकार भएका निकायका ध्यान जानुपर्ने प्रमुख पशु चिकित्सक राना बताउँछन् ।