२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते



अ+ अ-

काठमाडाैँ । रूसको उल्यानोव्स्क क्षेत्रमा एउटा रेल रेलको लिगबाट खसर दुर्घटनाग्रस्त हुदाँ कम्तिमा २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । उनीहरुका अनुसार दुर्घटामा मानविय क्षेति भने भएको छैन । मस्कोबाट ९०० किलोमिटर पूर्वमा रहेको उल्यानोव्स्क क्षेत्रमा उक्त रेलका सातवटा डिब्बाहरू लिगबाट खसेर दुर्घजना भएको जनाइएको छ ।

उक्त रेल युरल्सको चेल्याबिन्स्क सहरबाट राजधानी मस्को तर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको उल्यानोव्स्कका क्षेत्रीय गभर्नर अलेक्सी रुस्किखले बताउनु भएको छ । मिडियाले प्रसारडा गरेका तस्बिरहरूमा तिनीहरूको छेउमा रेल लिगको छेउमा दुर्घटनाग्रस्त बट्टाहरु रहेको देखाएको छ भने घटनाको कारण तुरुन्तै थाहा हुन सकेको छैन ।

रेलवे सुरक्षा र परिचालन नियमहरूको उल्लङ्घनको अनुसन्धान सुरु गरिएको जनाउदै रूसी अनुसन्धान समितिले अनुसन्धानकर्ताहरू घटनास्थलमा तैनाथ गरिएको जनाएको छ । रूसी रेलवे (आरजेडडी) का एक अधिकारीले आरआईए नोभोस्ती समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएअनुसार ट्रेनमा ४१२ यात्रुहरु सवार थिए ।