२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित



अ+ अ-

लन्डन । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ ।

यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।

त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको सङक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।

त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका सङ्क्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् । (रासस-सिन्ह्वा)