२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम नगर्ने ठेकेदारलाई दैनिक सवा लाख जरिवाना



अ+ अ-

दोलखाको पर्यटकीय गन्तव्य जिरी जोड्ने वैकल्पिक मार्ग कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै दैनिक सवा लाख जरिवाना गरिएको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक स्तरोन्नतिसहित चौडा र कालोपत्रे गर्ने भन्दै प्राधिकरणले ठेक्का लगाएको भिरकोट–सहरे हावा सडकको पहिलो खण्डमा ठेकेदारले काम अलपत्र पारेपछि जरिवाना लगाइएको हो । सडक विस्तार आयोजनाको कार्यसम्पादन गर्ने कार्यालय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजा एकाइ पूर्वाधारले ठेकेदार कम्पनीलाई कात्तिक मसान्तदेखि लागू हुने गरी जरिवाना लगाउने निर्णय गरेको छ ।

कार्यालयका प्रमुखसमेत रहेका सडक विस्तार आयोजना प्रमुख गणेश अर्यालले पटक–पटक म्याद थप गर्दा पनि कम्पनीले बेवास्ता गरेर सडक अलपत्र पारेपछि नियमअनुसार जरिवाना लगाउन बाध्य भएको जानकारी दिए । ‘आयोजनाको दोस्रो खण्ड निर्माणको जिम्मा पाएको कम्पनीले कालोपत्रेको काम अन्तिम चरणमा पुर्याइसक्यो, तर पहिलोले भने अझै सुरु गरेको छैन । हैरान भएर यस्तो निर्णय गरेका हौँ,’ उनले भने ।

दुईवटा प्याकेजमा काम भइरहेको २५.६५ किलोमिटरको सडकखण्डको पहिलो प्याकेज निर्माणको जिम्मा पाएको तामाङ कुमार जेभीले ठेक्काको म्याद सकिएर पटक–पटक म्याद थप गर्दा पनि सडकको पूर्वाधार निर्माणबाहेक अन्य काम गरेको छैन । यसअघि स्थानीय तह, सडक आयोजना र परामर्शदाता कम्पनीसँग धेरैपटक समयमा काम सक्ने भनी लिखित प्रतिबद्धता जनाए पनि काम नगरेपछि जरिवाना लगाउनुको विकल्प नरहेको परामर्शदाता कम्पनीले जनाएको छ ।

परामर्शदाता कम्पनी एएफ इटेको स्विस कन्सल्टेन्टका प्रमुख जिल्ला इन्जिनियर सुजन देवकोटाले अहिलेसम्म उक्त खण्डकोे प्रगति मुस्किलले ७५ प्रतिशत मात्रै पूरा भएको जानकारी दिए । उनले अहिलेसम्म काम अन्तिम चरणमा पुग्नुपर्ने भए पनि कालोपत्रे नै सुरु भएको छैन । उक्त कम्पनीलाई ठेक्का सम्झौताको कुल बजेटका आधारमा दैनिक ०.०५ प्रतिशत अर्थात् एक लाख २५ हजार ५ सय २२ रुपैयाँ प्रतिदिन जरिवाना लाग्नेछ । सडक विस्तार आयोजना प्रमुख अर्यालले यो जरिवाना दुई सय दिन लागू हुने र सो समयसम्म पनि काम नसके थप कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

दोस्रो खण्डको काम अन्तिम चरणमा: एडिबीले भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत भूकम्प गएको एक वर्ष नबित्दै सडकखण्डको काम सुरु गरेको थियो । त्यसमध्ये पहिलो प्याकेजको काम अलपत्र छ । तर, दोस्रो खण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख अर्यालले सडक आयोजनाको दोस्रो खण्डको प्रगति ९० प्रतिशत पूरा भएको बताए ।

तामाकोसी गाउँपालिकाको सहरेस्थित भँगेरी गोलाइभन्दा दुई सय मिटर तलबाट सुरु गरिएको कालोपत्रे झन्डै आठ किलोमिटर पूरा भएको छ । डिभिएसटी प्रविधिको कालोपत्रे भइरहेको सडकखण्डको काम पुसको पहिलो साताभित्रै पूरा गर्ने लक्ष्य लिएको ठेकेदार कम्पनीले जनाएको छ ।

४५ करोेड लागतमा कालोपत्रे हुँदै:दुईवटा प्याकेजको गरी आयोजनाको जम्मा लागत ४५ करोड २५ लाख रुपैयाँ छ । तामाकोसी–मन्थली सडकखण्डको भिरकोटबाट जिरी जोड्ने सडक जफेको सिम्लेदेखि हावाको देउरालीसम्म कालोपत्रे हुनेछ । एडिबीको टोलीले अवलोकन गरी भिरकोटको ढोली खोला क्षेत्र पहिरोको उच्च जोखिम भएकाले जफेको सिम्लेबाट काम सुरु गर्न निर्देशन गरेपछि सिम्लेदेखि सडक निर्माणकोे काम सुरु गरिएको हो । नयाँ पत्रिका दैनिकबाट