२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटनालाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउनु हुदैन



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक लयाउन नहुने बताउनुभएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना वा विशेषलाई समावेस गरी विधेयक ल्याउन नहुने बताउनुभएको हो । उहाँले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताउनुभएको हो । मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालिन सोच सहित आउनुपर्ने बताउनुभयो ।

उहाँले विधेयकमा सामुहिक राजिनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । उहाँले सामुहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्विकृत गरियो भने अवस्था गम्भिर हुने तर्फ समेत सोच्नुपर्ने बताउनुभयो ।