२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट २८ को उपचारपछि घर फर्किईन् लता मंगेशकर



अ+ अ-

स्रकी धनी लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी आइतबार राति २८ दिनको अस्पताल बसाईबाट घर फर्किएकी हुन् ।

२८ दिनदेखि ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनले ट्विटमा आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘नमस्कार, विगत २८ दिनदेखि म ब्रिच क्यान्डी अस्पतालमा थिए ।

मलाई निमोनिया भएको थियो । डाक्टरको सल्लाहअनुसार पूरै ठिक भएपछि मात्रै घर आएकी हुँ । भगवान् माई बाबाको आर्शिवाद र तपाईंहरुको माया र प्रार्थनाले म ठिक भए । सबैलाई हृदयदेखि नै धन्यवाद’