२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेताहरूको छलफल प्रचण्डनिवासमा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेकपा नेताहरुले छलफल गरेका छन्।गत सोमबार प्रचण्डले डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरिएको थियो ।

आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए।

नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि ‘माधव नेपाल, महासचिवलगायतका नेताहरू भेटघाटका लागि आउनुभएको थियो,’ उनले भने, ‘विभागमा सदस्यहरू नियुक्त गरेर पूर्ण बनाउने बारे छलफल भयो। अझै वृहत छलफल भने अध्यक्ष र महासचिव बीचमा भएको होला,’ उनले भने।

मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका छन्। नेकपा सचिवालय बैठक सोमबार बस्दैछ। बैठकले स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने बताइएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक झन्डै एक वर्ष यता बसेको छैन। नेकपाको अन्तरिम विधानमा तीन(तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ।

गत वर्ष पुसपछि स्थायी समिति बैठक बस्न सकेको छैन।




भर्खरै