२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्येक नेपालीलाई साढे ३७ हजार ऋण



अ+ अ-

काठमाडौं । संघीय सरकारको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ । जसअनुसार प्रत्येक नेपालीको ऋण केही घटेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँको सार्वजनिक ऋण रहेको छ । पछिल्लो महिनाअनुसार यस महिना ९६ करोड ऋण घटेको हो ।

यस अवधिसम्म तिर्न बाँकी आन्तरिक ऋण चार खर्ब ३२ अर्ब र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । पहिलो चार महिनाको अवधिमा आन्तरिकण ऋणतर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।

बाह्यतर्फ दुई अर्ब ३३ करोडको सावामा र ५५ करोड ५३ लाख ब्याज भुक्तानी गरिएको छ । अहिलेसम्मको तीर्न बाँकी १० खर्ब ८४ अर्ब रुपैयाँको आधारमा एक नेपालीको टाउकोमा ३७ हजार पाँच सय ८९ रुपैयाँ ऋण रहन्छ । सौर्य दैनिकबाट




भर्खरै