२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहायक रक्षामन्त्री उच्चस्तरीय भेटवार्ता: अमेरिकासँग थप सहकार्य, आउने भयो नेपाली सेनाका लागि दुई अमेरिकी स्काई ट्रक



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । हिन्द प्रशान्त क्षेत्र हेर्ने उनले बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षासचिव रेश्मीराज पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे । सबै भेटमा उनले नेपालको सार्वभौमसत्तालाई सम्मान गर्दै अमेरिकाले नेपालको आर्थिक र सुरक्षा क्षेत्रमा सहकार्य गर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र अमेरिकाबीच उच्चस्तरीय राजनीतिक संवाद भइरहनुपर्नेमा जोड दिँदै आफ्नै आँखाले नेपालका बारेमा धारणा बनाएकोमा धन्यवाद दिए । उनले नेपाली सेनालाई निरन्तर गरिरहेको सहयोगप्रति पनि खुसी व्यक्त गरे । सेनालाई अमेरिकी सहयोगमा दुईवटा स्काई ट्रक दुई साताभित्रै आउने तयारी छ । स्काई ट्रक अमेरिकाले २ पुसमा नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

अमेरिकाले नेपाललाई दिने वचन दिएका थप दुई स्काई ट्रकमध्ये एउटा सन् २०२१ र अर्को २०२२ मा नेपाल आउनेछन् । यी जहाज प्रकोपको उद्धार र व्यवस्थापनका लागि सेनाले प्रयोग गर्नेछ ।सहायक रक्षामन्त्री स्क्राइभरले अमेरिकाले सधैँ साना ठूला देशको सार्वभौमसत्तालाई उच्च सम्मान गर्दै आएको र त्यही आधारमा सहकार्य गर्दै आएको बताए । उनले नेपालको विकास र उन्नतिमा अमेरिकाले साथ दिने पनि स्पष्ट पारे ।

भेटवार्तामा अमेरिकी सहायक रक्षामन्त्रीले नेपाल र अमेरिकाबीच अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम९एसपिपी० अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१ देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै