२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै सागमा ३६ स्वर्ण जितेर इतिहास कायम: अंक तालिकामा भारत पहिलो, अन्य देश कुन स्थानमा छन् ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । नेपालले साग इतिहासमा एकैपटक सबैभन्दा धेरै स्वर्ण पदक जित्ने कीर्तिमान बनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणको पाँचौँ दिनसम्म आईपुग्दा नेपालले ३६ वटा स्वर्ण पदक जितेको छ । नेपालमै भएको आठौँ सस्करणको सागमा ३१ स्वर्ण जित्दै नेपालले दोस्रो स्थानमा पुग्न सफल भएको थियो । सो इतिहासलाई तोड्दै नेपालले घरेलु मैदानमै ३६ स्वर्ण जितेको हो । अन्य खेलपनि जारी रहेकाले नेपालको स्वर्ण पदक अझै थपिने सम्भावना कायमै छ ।

बिहीबार बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितसँगै नेपालले नयाँ इतिहास निर्माण गरेको थियो । त्यसअघि साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितेपछि कीर्तिमान बराबरी गरेको थियो । जारी १३औँ सागमा विगतको तुलनामा उत्कृष्ट नतिजा हासिल गरिरहेको नेपालले प्रतियोगिताका पाँचौँ दिनमै हासिल गरेको यो सफलताले नयाँ कीर्तिमान बनाएको हो । प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको थियो । नेपालले दोस्रो दिन ८ स्वर्ण थपेर २३ पुर्याएको थियो ।

तेस्रो दिन ६ स्वर्ण जितेर २९ पुर्याएको नेपालले बिहीबार थप दुई पदक जित्दै कीर्तिमान बराबरी गरेको थियो । यद्यपी नेपालले बिहीबार कुल ७ स्वर्ण पदक जितेको छ । घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जित्दा कराँते र तेक्वान्दोमा १४–१४, बक्सिङमा दुई र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो । नेपालले पहिलो साग (तत्कालीन साफ गेम्स) मा ४, दोस्रो सागमा एक, तेस्रो सागमा दुई, चौथो सागमा एक, पाँचौँ सागमा दुई र छैटौँ सागमा एक स्वर्ण जितेको थियो ।

यसैगरी सातौँ सागमा चार, नवौँ सागमा ७, दशौँ सागमा ७, ११ औँ सागमा ८ र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो । नेपालले बिहीबार मात्रै ६ वटा स्वर्ण पदक जितेको छ । साइक्लिङ, उसु, तेक्वान्दो, भारत्तोलन र स्विमिङबाट नेपालले ६ स्वर्ण जितेको हो । भारत्तोलनकी सञ्जु चौधरीले स्वर्ण पदक दिलाइन् । बाँकेकी सञ्जुले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन् ।

त्यस्तै उसुकी निमा घर्तीमगर र जुनी राईले स्वर्ण दिलाएका छन् । योसँगै उसुबाट नेपालले चार स्वर्ण जितेको छ । बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको उसुको ५६ केजी महिलातर्फको भिडन्तमा जुनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् । निमाले बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशकी मोर्जिना अख्तरलाई हराउँदै स्वर्ण जितेकी हुन् । निमाले १८ दशमलव १९ स्कोर बनाउँदा अख्तरले १६ दशमलव ३ अंक जोड्न सकिन् । यो स्पर्धामा श्रीलंकाकी सञ्जु कुमारीले १४ दशमलव ७९ अंक जोड्दै कांस्य पदक जितिन् ।

भारतमा सन् २०१६ मा भएको १२ औँ सागमा पनि उनले स्वर्ण पदक जितेकी थिइन् । उसुको सान्डा सान्सोमा जुनीले स्वर्ण पदक जितेकी हुन् । राम्रो सफलता पाइरहेको साइक्लिङले बिहीबार पनि स्वर्ण पदक जितेको छ । बिहीबार क्रस कन्ट्रीको ४ किलोमिटरमा लक्ष्मीले मगरले स्वर्ण जितेकी हुन् । यसैगरी पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । गौरिका दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्न सफल भएकी हुन् । सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा भएको प्रतिस्पर्धामा ओलम्पियन सिंहले स्वर्ण पदक जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा दुरी पूरा गरिन् । सागको स्विमिङमा व्यक्तिगत स्पर्धामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण पदक हो । यसअघि नेपालले टिम इभेन्टमा मात्रै स्वर्ण जितेको रेकर्ड छ । आठौँ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए । रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी गौरिकाले यसअघि नै पौडीबाट करिब एक दर्जन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।

उनी १३ वर्षको उमेरमै रियो ओलम्पिकमा भाग लिन पुगेकी थिइन् । यस्तैगरी तेक्वान्दोले अर्को स्वर्ण थपेको छ । तेक्वान्दोको ८७ केजी मुनि भुपेन श्रेष्ठले पहिलो हुँदै स्वर्ण जिते ।सातदोबाटोस्थित तेक्वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २७ का विरुद्ध २९ अंकले बाजी मारे । बिहीबार ६ वटा स्वर्णका लागि भएका भिडन्तमा नेपालले एउटामै चित्त बुझायो । मनिता शाहीसहितका अन्य खेलाडीहरू भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए ।

तालिकामा भारत पहिलो:पाँचौँ दिनसम्मको पदक तालिका अनुसार भारत ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित ११८ पदक जितेर शीर्षस्थानमा छ । आयोजक नेपाल ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित ९६ पदक जितेर दोस्रो स्थानमा छ । यस्तै श्रीलंका १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित कुल ९९ पदक जितेर तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको १२ स्वर्ण, २१ रजत र २२ कास्य गरी ५५, बंगलादेशको ४ स्वर्ण, १० रजत र ४० कास्यसहित ५४ पदक प्राप्त गर्दै क्रमशः चौथो र पाँचौँ भएका छन् ।

छैटौँ स्थानमा रहेको माल्दिभ्सले एउटा स्वर्ण र २ कास्य गरी ३ पदक हासिल गर्दा पुच्छारमा रहेको भुटानले अहिलेसम्म स्वर्ण र रजत जित्न सकेको छैन । उसले ६ वटा कास्य पदक मात्रै जितेको छ । सौर्य दैनिकबाट




भर्खरै