सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेकपाका दिलिप कुमार यादव विजयी भएका छन् । उनले ८ सय २५ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदिप कुमार महतो भन्दा १ सय ७१ वढी मत ल्याएर उनी विजयी भएका हुन् । राजपाका महतोले ६ सय ५४ मत प्राप्त गरे । यस्तै कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरे । शनिबार सम्पन्न मतदानमा २ हजार ४ सय ८० मत खसेको थियो । उक्त वडामा ३ हजार ४ सय ५० मतदाता थिए । ७१.८८ प्रतिशत मतदान भएको थियो ।

दोस्रो पटकमा निर्वाचित स्थानीय तह अन्तरगत तेस्रो चरणको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार बनेर चुनाव लडेका यादव आफ्नै काकासंग पराजित भएका थिए । त्यतिबेला उनी २ सय ९८ मत ल्याएर तेस्रो स्थानमा थिए । नेपाली कांग्रेसवाट रामदेव यादव ६ सय २२ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वीका रुपमा राजपाका कपिलेश्वर मुखियाले ४ सय ८० मत पाएका थिए ।
जनमत चौथो स्थानमा:सिके राउतको जनमत पार्टीका उम्मेदवार चौथो स्थान प्राप्त गरेको छ । जनमत पार्टीका मो अताउल रहमानले १६०, राप्रपाका मो अताउल राइनले १४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद साहले बताए । नयाँ पत्रिका दैनिकबाट












