२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे शुरु



अ+ अ-

अत्तरिया । निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम शुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र शुरु भएको हो । निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताए ।

उनका अनुसार मोहनापुलदेखि चौराहसम्म कालोपत्रको काम शुरु भइसकेकाले अन्य खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ । उक्त सडक दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सडक निर्माणको अवधि गत जेठमै सकिए पनि अहिलेसम्म अवधि नथपिएको प्रमुख एसीको भनाइ छ ।

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले ढिलाइ भएकामा अहिले भने सडक निर्माणले तीव्रता पाएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ । सो सडक निर्माणको लागत अनुमान रु एक अर्ब ६८ करोड छ ।




भर्खरै