२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँच वर्षभित्र गत चुनावमा नेकपाले गरेका सबै प्रतिबद्धता पूरा गरिने’



अ+ अ-

दमौली । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत चुनावमा गरेको सबै प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीमा निर्माण सम्पन्न भएको डाँडाखुदी गैह्राखुदी लिफ्ट खानेपानी आयोजनाको आज उद्घाटन गर्दै मन्त्री गुरुङले चुनावमा गरिएका सबै प्रतिबद्धता पाँच वर्षभित्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“पूरा गर्न सक्ने कामहरुलाई नै घोषणापत्रमा राखेका थियौ ।”, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो । मुलुकलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणका कामलाई जोड दिएको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “विकास निर्माणको सन्दर्भमा प्रदेश सरकार क्रियाशील छ, जनता पनि उत्पादनसँग जोडिनुपर्छ । उत्पादनसँग जोडिए समृद्धि सम्भव छ ।” निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण भइसकेकोले आयोजनाको दिगोपनाको जिम्मेवारी अब उपभोक्ताको रहेको मन्त्री गुरुङले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि यहाँका महिलाहरुलाई सहज भएको बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले रु ७३ लाख ७२ हजार ७२९ को लागतमा आयोजना सम्पन्न भएको जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार आयोजनामा सरकारको तर्फबाट रु ५९ लाख ९२ हजार ४६६ लगानी भएको छ भने स्थानीय उपभोक्ताले रु १३ लाख ८० हजार २६२ लागत सहभागिता व्यहोरेका छन् । आयोजनाबाट उक्त ठाउँका ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा धारा जडान गरिएको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाको ६०औँ कार्यपालिका बैठकले पाँच वटा कार्यविधि माथि छलफल गरी पारित गरेको छ । बैठकले नगरको जग्गा विकाससम्बन्धी कार्यविधि निर्माणका लागि वडा नं २ का वडाध्यक्ष जगतबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा नं १ का वडाध्यक्ष रवीचन्द्र पौडेल, १२ का वडाध्यक्ष मनराज गुरुङ, नगर प्रवक्ता खिमबहादुर कुमाल, १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, र ५ का वडाध्यक्ष दीर्घबहादुर थापालाई चयन गरेको छ भने सदस्य सचिवमा नगरपालिकाका सूचना अधिकृत लक्ष्मण लम्साल रहनुभएको छ ।
समितिले नगरभित्र एकीकृत बस्ती निमार्णका लागि नमिलेका जग्गालाई व्यवस्थित गर्न अध्ययन गर्ने बताइएको छ । त्यस्तै बैठकले ढोरबाराही क्षेत्र संरक्षण समिति गठन आदेश निर्देशिका २०७६ पारित गरेको छ । उक्त निर्देशिका अनुसार ढोरबाराही मन्दिर व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइने प्रवक्ता कुमालले जानकारी दिनुभयो ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाले तालीम, गोष्ठी, कार्यशाला तथा अध्ययन अवलोकन भ्रमण खर्चसम्बन्धी निर्देशिका २०७६, लेखा समितिको कार्यविधि २०७६, उर्जा विकास कार्यविधि निर्देशिका २०७६ र कृषक समूह गठज तथा व्यवस्थापन निर्देशिका २०७६ माथि छलफल गरी पारित गरिएको प्रवक्ता कुमालले जानकारी दिनुभयो ।