२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भन्नुभएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो । उहाँले समाज सुधार, एकता र विश्व शान्तिका निम्ति बुद्ध वाणी प्रेरक छन् भन्नुभयो ।

दुईदिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।
सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी सहभागी हुनुहुन्छ ।
यस्तै गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।