२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीयस्थलको प्रवद्र्धन



अ+ अ-

पोखरा । हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवद्र्धन गरेको छ । पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै आइएको बताउँदै उनले स्वास्थ्य र पर्यटनको लागि हाइकिङ नाराका साथ यस अघि मिर्सा, काहुँडाँडा, शान्ति स्तुपा, चिलाउने खर्क, ठूला कोटलगायतका सात पर्यटकीय ठाउँसम्म हाइकिङ गरिसकिएको जानकारी दिए । हाइकिङसँगै घरवास सञ्चालित गाउँको प्रवद्र्धनको समेत उद्देश्य राखेका कारण गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) सँग पनि सहकार्य गरिएको रानभाटले बताए ।

छोटो दूरीका पदमार्ग, पर्यटकीयस्थलको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्दै अघि बढिने उनको भनाइ छ । आठौं संस्करणको हाइकिङका क्रममा २१ जना सहभागी भएको जानकारी दिँदै ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले स्याङ्जा र कास्कीको सिमानास्थित कुभिण्डेबाट पदयात्रा गर्दै रामकोटस्थित गुरुङ सङ्ग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारकका साथै त्यहाँका ग्रामीण जनजीवनको अवलोकन गर्दै मट्टिखान पुगेको बताए ।