२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभि जिसीको ‘जाली माया…’



अ+ अ-

काठमाडौं । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक भएको छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रविना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँछन् ।

मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो । ‘हामीले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किने प्रयास गरेका छौ, सबैको माया पाउँनेमा आशावादी छौ’, अभीले भने ।