सानुबाबु सिलवाल । लोग्ने श्रीमानको बाउआमालाइ ६ महिना अमेरिकामा ल्याइ खुवाइ पिआइ गरि खुशिसाथ नेपाल फर्काएपछि आफ्नि बाउआमा पनि अमेरिका ल्याइ घुमाउने र आफ्नै साथमा कमसेकम ६ महिना राख्ने उनको धोको माथि कुठाराघात गरिदिएछन टेक्सासमा बस्दै आइरहेकि एक महिलाकि मागि बिबाह गरि १३ बर्ष सङ्गसङ्गै जिउदै आएका आफ्नै लोग्ने अर्थात श्रीमानले। पहिल्लै शर्त रहेछ आलोपालो आफ्ना बाउआमा ल्याउने र घुमाउने भन्नेमा जोडि श्रीमान श्रीमतिमा। तर, श्रीमान भनाउदोका मन भित्रको कालो फिलिङ्गले आफ्नै सासुससुरा अमेरिका आउने तत्कालको बाटै बन्द गरिदिए। आफ्नो बाउआमा ल्याउने तर आफ्नो सासुससुरा ल्याउन नदिने कुटिल र धुर्त श्रीमानको यो घटीया कर्म जतिबेला थाहा पाइन उनिले उनि भुइमा लड्न पुगिछन झन्डै झन्डै बेहोस जस्तै।

भैदिएछ के भने श्रीमान लोग्ने अमेरिकन नागरिक तर श्रीमति चाहि अझै ग्रिन कार्डमै रहिछन। सिटिजनका लागि ग्रिनकार्डमा बस्नु पर्ने ५ बर्ष काटेर पनि नेपालको आफ्नो जायजेथा नगुमोस भन्ने हेतुले श्रीमान चाहि नागरिक बन्ने तर श्रीमति चाहि ग्रिन कार्डमै केहि बर्ष अल्झिरहने आपसि सहमतिले नै यस्तो गरेका रहेछन तिनले।
सासुससुरालऐ अमेरिकन ज्वाइ नागरिककै नामबाट निमन्त्रणा गर्दा भिषा प्राप्त गर्न सहज र बिश्वासिलो होला भन्ने लागेर उनकै नाममा निमन्त्रणा पठाइएको रहेछ तर जब आफ्ना बाउआमा भिषा अन्तर्बार्तामा गए तर भिषा पाएनन। उनिले ठानिन त्यस्तै भयो र चित्त बुझाइछिन। अर्को पालि उनकै नामबाट गरौला भन्ने सोच राखिन।
लगभग ३ हप्ता पछि जब लोग्ने एकदिन काममा गए तर उनले इमेल बन्द गर्न भुलेछन। घरको डेस्कटपमा भएको इमेल खुल्लै रहेछ। खाना साना खाएर आफु पनि काममा जाने सुरसारमा हुदाहुदै एक्कासि कम्प्युटरमा उनको आखा गयो। इमेल खुल्लै, सर्सर्ति हेरिन इमेल। एउटा इमेल यस्तो थियो कि आफ्नै श्रीमानले आफ्नै सासुससुराको बिरुद्दमा आफुले निमन्त्रणा नगरेको र उक्त निमन्त्रणासङ्ग आफु सरोकार नभएकाले भिषा नदिन अनुरोध गरिएको चिठ्ठि जब फेला पारिन। उनले बिश्वासै गर्न सकिनन र फेरि दोहोर्याएर पढिन तर यथार्थता त्यहि थियो आफ्नै छोरिज्वाइले आफ्नै सासुससुरालाइ भिषा नदिन एम्बेसि दुताबासलाइ लेखिएको चिठ्ठी।
यो भन्दा घात के नै हुन्थ्यो र परिवारमा। रोइछिन धेरै। पर्खिन बेलुकासम्म। श्रीमान कामबाट आए साझ। उनले भनिन तिमि नै भनिन श्रीमानलाइ। तिमि सोफमा बस, तिमिसङ्ग सिरियस्ली कुरा गर्नु छ। यहि कुरा गर्न नै त्यसदिन उनि काम छोडिन उनले।
के गरेको यो तिमिले एम्बेसिलाइ चिठ्ठि लेखेर ? मेरो बाबुआमा तिम्रो बाउ आमा जस्तै होइनन ? तिम्रो बाउआमा अमेरिका आइ ६ महिना मैले स्याहार गर्दा मेरा बाउ आमा यहा आउदा तिमिलाइ के को अप्ठेरो पर्यो ? किन लेख्यौ यो चिठ्ठि मलाइ जबाफ चाहियो भन्दा लोग्नेले भनेछन आइ डन्ट लाइक योर्स प्यारेन्टरु ड्याट्स ह्वाइ आइ डिड इट। उनिहरुकै छोरिसङ्ग बस्ने, म तिम्रो श्रीमति तर तिमिलाइ मेरो बाउ आमा प्रति घृणा रहेछ हैन ? हो, त मेरो बाटो छोडिदिन सक्छेस। आइ वान्ट डिभोर्स। यति लोग्नेले के मात्रै भनेका थिए उनले भनिन ठिक छ, मन बिचार नै नमिले पछि सङ्गसङ्गै जिवन घिसारेर अघि लैजान सकिदैन। वकिल हायर गरौ भोलि। सुत्न गए त्यस रात दुबै आ-आफ्नै कोठामा। भोलि पल्ट बिहानै अनलाइन र सोधपुछ पछि वकिलको निधो गरे दुबैले। अहिले उनिहरु सेपरेसनमा छन पारपाचुकेका लागि प्रक्रिया पुर्याउनका लागि।
एउटा सानो गल्ति र गलत सोचाइले आज एउटा परिवार बर्बाद भयो टेक्सासमा। तर, यो क्रम जारि छ अमेरिकामा। डलर छ, काम छ र समुन्नति सहितको गुणात्मक लाइफ पनि तर पिस र पिस अफ माइन्ड छैन धेरैको अमेरिकामा। श्रीमान कमाउछन, श्रीमति पनि कमाउछिन एउटा अर्कोमा फाइनान्सियल्लि निर्भर हुनै पर्दैन अमेरिकामा। सहमति, स्वतन्त्रता, सम्झौता र साझेदारि ५०/५० अर्थात फिट्टि फिट्टी हो। चाहे खर्चमा, चाहे आम्दानिमा, चाहे स्वतन्त्रतामा, चाहे माया र सम्बन्धमा। जसले तोड्छ, जो बेखुसि छ हि अर सि क्यान लिभ, दिस इज एन दि अमेरिका !












