२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन पनि नेप्से परिसूचक वृद्धि



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ । 

केही दिन देखि निरन्तर रुपमा बढ्दै गएको नेप्से परिसूचक बिहिबार १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको बजार मापक सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ । भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने बुधवारको तुलनामा केही घटेको छ । बुधबार ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको थियो ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ । बाँकी १० उपसमूहको परिसूचक बढेको छ । आज सबै भन्दा बढी  निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५६ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज पनि कारोबार रकमका आधारमा ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दै हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै