२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो



अ+ अ-

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन हो ।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ । सङ्घको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको सङ्घका संयोजक सापकोटाले जानकारी दिनुभयो ।