२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गर्नुभएकाले पार्टीको दैनिक कार्यसम्पादन गर्न तामाङलाई जिम्मेवारी दिइएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी रुपमा सार्वजनिक गरेको नक्शा त्रुटीपूर्ण रहेकाले सञ्चाउन माग गरिएको छ । उक्त विज्ञप्तिमा सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नक्शा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।

दुई घनिष्ठ छिमेकीकाबीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा नहुने उल्लेख गरिएको उक्त विज्ञप्तिमा भारतबाट प्रकाशित राजनीतिक नक्शामा भएको त्रुटि सच्याउन र नेपालको भू–भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दू राष्ट्र स्थापनाका माग गर्दै जनकपुरको जानकी मन्दिरबाट आज रथयात्रा शुरु गर्न लागेको जनाएको छ ।

धनुषा महोत्तरी, सर्लाही वारा, पर्सा, मकवानपुर, चितवन हुँदै आगामी मङ्सिर ४ गते लुम्बिनीमा आएर सो रथयात्रा सम्पन्न गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए । यात्राका क्रममा जलेश्वर, गौर, कलैया, चितवन, कावासोती, भैरहवामा राजनीतिकसभा गरिने जनाइएको छ ।




भर्खरै