२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराध रोक्न गृहमन्त्री थापाले दिए यस्तो उपाए, के रोकिएला अपराध ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिनुभयो ।

“संगठित अपराध, लागूऔषध, मानव वेचबिखन, साइबर क्राइमजस्ता गतिविधि रोक्न सुदृढ र भरपर्दो सूचनाको आवश्यकता हुन्छ, तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यवसायिक इन्टेलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ”, गृहमन्त्री थापाले भन्नुभयो ।

देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उहाँले सङ्गठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेका बताउनुभयो ।

नेपाल सरकाले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सुरक्षा निकायको विशेष भूमिका रहने भन्दै उहाँले यस्ता प्रशिक्षणले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार तथा प्रतिवद्ध बनाउन मद्दत मिल्ने उल्लेख गर्नुभयो । गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयनका लागि पनि यस्ता प्रशिक्षण जरुरी रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले तालिमको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो । पैँतालिस दिनसम्म चलेको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ उपअनुसन्धान निर्देशक र १० प्रमुख अनुसन्धान अधिकृतको सहभागिता थियो ।




भर्खरै