२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन २०७६: नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो



अ+ अ-

बैतडी । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो ।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

यस्तै काङ्ग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए । उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।

यता, नेपाली काङ्ग्रेस बैतडीको जिल्ला पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरेको छ । पार्टी सभापति नरेन्द्र सिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको काङ्ग्रेस बैतडीका सचिव विष्टले जानकारी दिए । सुर्नया–१ मा सभापति थापा र सचिव वीरबहादुर विष्टको नेतृत्वमा प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

दोगडाकेदार ४ मा जिल्ला उपसभापति चतुरबहादुर चन्द र सचिव प्रेम चन्द र पुर्चौडी–४ मा जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र सहसचिव कर्ण बोहराको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।