२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता



अ+ अ-

पोखरा । कास्की क्षेत्र नम्बर २ मा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले नेकपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।




भर्खरै